Kathmandu Press

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन मन्त्री विष्टको आग्रह

काठमाडौं, कात्तिक २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरेका छ....

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन मन्त्री विष्टको आग्रह

काठमाडौं, कात्तिक २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरेका छन्।

शुक्रबार सहकारीमा काम गर्ने कर्मचारिलाई लक्षित गरि आयोजना गरिएको एक दिने सामाजिक सुरक्षा योजना कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबैलाई कोषमा आवद्ध हुन आग्रह गरेका हुन्।

नेपाल सरकार लक्ष्य नै नागरिकलाई गरिबी तथा अभावबाट मुक्त गर्नु भएको उल्लेख गर्दै मन्त्री बिष्टले श्रमिकको हकहितका लागि सुरक्षा कोषको सुरूआत गरिएको बताए।

साना किसान सहकारी बैंकका सीईओ डा.शिवराम कोईरालाले कर्मचारीको सुरक्षाका लागि नेपाल सरकारले सुजबुजका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको बताए। उनले सामाजिक सुरक्षा योजनाबाट अवकासपछिको जीवन समेत सुरक्षित रहेको जिकिर गरे।

त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहाकारी संघ (नेस्फुन)का अध्यक्ष डीबी बस्नेतले निजी क्षेत्रभन्दा सहकारीबाट छिटो सामाजिक सुरक्षा कोषमा सहभागिता हुने बताए। उनले सहकारीमा काम गर्ने कर्मचारीले पनि पेन्सन पाउछन्न भन्न पाउनु नै गर्वको विषय भएको बताए। अहिले सहकारीमा करिब २९ लाख आवद्ध छन्।

सरकारले गत वर्ष मंसिर १ गतेदेखि सामाजिक सुरक्षा योजना कार्यान्वयन सुरू गरेको थियो। सुरू भएको एक वर्षको अवधिमा दुई जना श्रमिललाई सरकारले योगदानमा आधारित सुरक्षा कोषबाट सहयोग गरेको छ।

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, कात्तिक २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्