Kathmandu Press

तरुण दलका नेता रिहा गर्न माग गर्दै बाँके बन्द

नेपालगञ्ज, कात्तिक २९ : तरुण दलका स्थानीय नेतालाई रिहाइ गर्न माग गर्दै बाँके बन्द गरिएको छ।

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई ....

तरुण दलका नेता रिहा गर्न माग गर्दै बाँके बन्द

नेपालगञ्ज, कात्तिक २९ : तरुण दलका स्थानीय नेतालाई रिहाइ गर्न माग गर्दै बाँके बन्द गरिएको छ।

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो। तरुणले दलले भने उनलाई प्रहरीले फसाएको आरोप लगाउँदै आएको छ।

दुई सातादेखि प्रहरी हिरासतमा रहेका शाहलाई रिहाइ गर्न माग गर्दै तरुण दल बाँकेले बन्दको आह्वान गरेको हो।

तरुण दलको बन्दले शुक्रबार बिहानदेखि  नेपालगञ्ज र कोहलपुरको जनजीवन प्रभावित भएको छ। लामो तथा छोटो दूरीका सवारी साधान चल्न सकेका छैनन्। बजार बन्द गरिएको छ।

यातायातका साधान बाटाेमै राेकिएका छन्। काठमाडाैं, सुर्खेत, धनगढीलगायतका शहरबाट नेपालगञ्जका लागि आएका सवारी साधान काेहलपुरमै राेकिएका छन्।

तरुण दलका कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। उनीहरुले शाहलाई छोड्न माग गर्दै नाराबाजी गरिरहेका छन्। शाहलाई रिहा नगर्दासम्म बन्द जारी रहने तरुण दलले जनाएको छ।

नगर सभापति शाह कात्तिक १४ गते नेपालगञ्जको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ परेका थिए। उनले चढेको गाडी जाँच गर्दा अवैध रुपमा राखिएको अमेरिकन लोडेड पेस्तोल र दुई थान गोली बरामद गरिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको जनाउँदै हिरासतमा राखिएको छ।

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, कात्तिक २९, २०७६