Kathmandu Press

विप्लवका जाजरकोट इन्चार्ज पक्राउ

जाजरकोट, कात्तिक २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज पक्राउ परेका छन्।

प्रहरीको टोलीले नेकपा जाजरक....

विप्लवका जाजरकोट इन्चार्ज पक्राउ

जाजरकोट, कात्तिक २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज पक्राउ परेका छन्।

प्रहरीको टोलीले नेकपा जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओली ‘धमिल’लाई गएराति पक्राउ गरेको हो। उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चन्दा आतङ्क मच्चाएको, एनसेल टावरमा आक्रमण गरेको र वडा कार्यालयमा आगजानी गरेको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ। जाजरकोटको नलगाड नगरपालिकास्थित रघुनाथका उनी पूर्वमाओवादी लडाकु हुन्।

उनलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, कात्तिक २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्