Kathmandu Press

बंगलादेशका राष्ट्रपति फर्किँदा त्रिभुवन विमानस्थल बन्द हुने

काठमाडौं, कात्तिक २९ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द हुने भएको छ।

....

राष्ट्रपति हमिद आज साँझ ५ बजे बंगलादेश फर्किँदै छन्। उनी नेपालको चार दिने भ्रमणमा मंगलबार काठमाडौं पुगेका थिए।

उनी स्वदेश फर्किँनु अघि अपराह्न ४ः४० देखि ५ः१० बजेसम्म अन्य सबै उडान तथा अवतरण बन्द हुने नोटाम जारी गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

स्वदेश फर्किँनु अघि आज पनि राष्ट्रपति हमिदले काठमाडौंका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने भएका छन्। उनी बिहान ११ बजे चन्द्रागिरी पुग्ने कार्यक्रम रहेको छ।

त्यस्तै, आजै पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ। मध्याह्न १ बजे पाटन दरबार क्षेत्र पुग्ने तय भएको छ।

राष्ट्रपति हमिदले बुधबार पोखराको भ्रमण गरेका थिए। उनले फेवा तालमा बोटिङ गरेका थिए।

त्यस्तै, नेपाल भ्रमणमा आएकै दिन मंगलबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका थिए।

प्रकाशित मिति: १०:४१ बजे, शुक्रबार, कात्तिक २९, २०७६