सीमा अतिक्रमण रोक्न सरकारले कूटनीतिक पहल गर्नुपर्छ : देउवा
धनगढी, कात्तिक २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर....
धनगढी, कात्तिक २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिएका छन्।
धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले बिहीबार गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ताका सवालमा जताततै नारा जुलुस, विरोध गरेर मात्र समस्याको समाधान नहुने बताए।
सभापति देउवाले मङ्सिरमा हुन गइरहेको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजय गराउन पार्टीका कार्यकर्ता तथा नेताहरु सबैलाई एकजुट भएर लाग्न अनुरोध गरे।
कांग्रेसको भ्रातृ संस्था तथा शुभेच्छुक संघसंस्थाहरुको निर्वाचनबारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री देउवाले संघसंस्थाहरुको निर्वाचन उपनिर्वाचनपछि चाँडै हुने बताए।






