Kathmandu Press

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले प्रेमी राहुलसँग गरिन् विवाह

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले प्रेमी राहुलसँग गरिन् विवाह

काठमाडाैं, असार २२ : पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ प्रेमी राहुल मोक्तानसँग वैवाहिक सम्बन्धमा बाँधिएकी छन्। 
केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले सिल्भर ओक रेस्टुरेन्टमा रिसेप्सन दिएका थिए। 

नेवार परम्पराअनुसार सदीक्षाले पहिले रिसेप्सन दिएकी थिइन्। रिसेप्सनपछि साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहेको कार्यक्रम भएको थियो।

रिसेप्सनमा पूर्वमिस नेपालका ब्याच पनि उपस्थित थिए। उनका प्रेमी राहुल काठमाडौँका जिमखाना सञ्चालक हुन्।

रिसेप्सनमा केही सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीहरुलाई पनि निम्तो दिइएको थियो। सदीक्षाले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी साेमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन्।

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्