मुख्यमन्त्री पौडेलको दाबी : प्रदेश ३ को स्थायी राजधानी र नाम १५ दिनभित्र टुंगिन्छ
हेटौँडा, कात्तिक २८ : प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण अबको १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन्।....

हेटौँडा, कात्तिक २८ : प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण अबको १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन्।
आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालले बिहीबार हेटौँडामा आयोजना गरेको करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भने,‘ राजधानी र नामकरणको विषयको चर्चा धेरै भयो, अबको १५ दिनभित्र टुङ्ग्याउँछु।’
कर तिर्नु सबैको दायित्व भएकाले जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उनले बताए। ‘देश ऋण र अनुदानबाट होइन, जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ’ मुख्यमन्त्री पौडेलले भने,‘कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ। जनताले तिरेको कर सदुपयोग भएको छ कि छैन, त्यो जनताको अधिकार हो, त्यसमा सजग र सतर्क हुनुपर्छ।’
सिस्नुपानी नेपालले सरकारको करमैत्री कार्यक्रममार्फत सहयोग गरेको काम सराहनीय भएकोमा मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका थिए।











