Kathmandu Press

सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु 

सल्यान, कात्तिक २८ : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।

त्रिवेणी गाउँपालिकाको ....

सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु 
सांकेतिक

सल्यान, कात्तिक २८ : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।

त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ झ ४३२ नम्बरको जीप बडाखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–४ फलावाङका ६० वर्षीया कृष्णदेवी परियार र सोही ठाउँका ५९ वर्षीया यज्ञी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो। 

दुर्घटनामा जीप चालक फलावाङका २८ वर्षीय सन्दीप परियार, सोही ठाउँका २३ वर्षीया रीता रावत, ८ वर्षीया ज्योति रावत, २३ वर्षीया मोती रावत, ५५ वर्षीया सावित्रा खत्री, २२ वर्षीया तारा थापा, २१ वर्षीया राधा बोहरा र दाङको तुलसीपुर उपमहानगरपालिकाकी २८ वर्षीया दिला बुढा घाइते भएका छन्।

उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, कात्तिक २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्