सार्वजनिक बसमा पनि टाँसियो भ्रमण वर्षको लोगो
काठमाडौं, कात्तिक २८ : नेपाल भ्रमण वर्ष-२०२० को प्रचारका लागि सार्वजनिक बसमा भ्रमण वर्षको लागो टाँसिएको छ।
बिहीबार एक कार्यक्रमका....

काठमाडौं, कात्तिक २८ : नेपाल भ्रमण वर्ष-२०२० को प्रचारका लागि सार्वजनिक बसमा भ्रमण वर्षको लागो टाँसिएको छ।
बिहीबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराईले भ्रमण वर्षको स्टिकर र लोगो यातायात व्यवसायीलाई हस्तान्तरण गरेका हुन्। नेपालभर करिब तीन लाखको संख्यामा सार्वजनिक बस सञ्चालित छन्।
लागो वितरण गर्दै मन्त्री भट्टराईले उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण वर्षबारे तालिमको व्यवस्था गरिने बताए। उनका अनुसार सार्वजनिक यातायातका यात्रु, चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन एक सय जना स्वयमसेवक समेत परिचालन गरिनेछ।
उक्त कामको समन्वय पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्ड, स्थानीय तह, यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रेड युनियन र ट्राफिक प्रहरीले गर्नेछन्।











