Kathmandu Press

माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौं, कात्तिक २८ : नेपालले सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

बंगलादेशको ढाकास्थित सहिद सुहरावर्दी इन्....

माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो सेन्ट्रल जोन भलिबलको उपाधि
फाइल

काठमाडौं, कात्तिक २८ : नेपालले सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

बंगलादेशको ढाकास्थित सहिद सुहरावर्दी इन्डोर स्टेडियममा बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले उपाधि जितेको हो।

उपाधि हात पार्ने क्रममा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गर्‍यो।  नेपालले भलिबलमा जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि हो। 

प्रतियोगितामा नेपालसँगै  माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र बंगलादेश सहभागी थिए। 
 

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, कात्तिक २८, २०७६