दलगत स्वार्थ त्यागे विकासले फड्को मार्छ : पौडेल
रुपन्देही, कात्तिक २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा अहिलेको आवश्यकता भएको बताएका छन्।&....

रुपन्देही, कात्तिक २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा अहिलेको आवश्यकता भएको बताएका छन्।
बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र बिहीबार उद्घाटन गर्दै उनले विकासमा सबैको सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गरेका हुन्। सबैको एकता र सहकार्यले नगर, वडा तथा टोलको विकासले फड्को मार्छ भन्दै महासचिव पौडेलले दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्न सबैलाई आह्वानसमेत गरे।
रुपन्देहीलाई सडक सञ्जालबाट जोड्न बुटवल–बेलहिया र तिनाउ–दानव नदी करिडोरसहित दर्जनौँ सडक आयोजनाको काम निर्माणको चरणमा रहेको चर्चा गर्दै उहाँले यी योजना सम्पन्न हुँदा रुपन्देही पूर्णरुपले विकसित हुने बताए।











