Kathmandu Press

कपन बानेश्वर सम्मान सात जनालाई

कपन बानेश्वर सम्मान सात जनालाई

काठमाडाैं, असार १९ : ‘कपन बानेश्वर’ साहित्यिक  पत्रिकाले आफ्नो दशौँ वार्षिकोत्सवका अवसरमा सात प्रतिभालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ।

सोअनुसार पत्रिकाको दशौँ वर्षका अङ्कमा प्रकाशित रचनामध्येबाट शीतल गिरीलाई ‘नालाङ्ग कबा रचना पुरस्कार’, तारा केसीलाई ‘श्यामा खरेल स्मृति कबा रचना पुरस्कार’, इन्द्रकुमार श्रेष्ठ (ओखलढुङ्गा) लाई ‘गङ्गा लिगल कबा रचना पुरस्कार’ (मोफसल) र तृष्णा श्रेष्ठलाई ‘हेमगङ्गा कबा रचना पुरस्कार’ (बाल) प्रदान गरिने पत्रिकाका सल्लाहकार शङ्कर भारतीले जानकारी दिए। 
        
गत वर्षसम्म ‘कबा समाचार पुरस्कार’ प्रदान गरिँदै आएकामा यस वर्षदेखि ‘कबा साहित्यिक पत्रकारिता पुरस्कार’ नामकरण गरी साहित्यिक पत्रकार उमेश पाण्डेलाई प्रदान गरिने साप्ताहिकले जनाएको छ।

पत्रिकाका सम्पादक निबन्ध आचार्यका अनुसार साप्ताहिकले वरिष्ठ साहित्यकार महेन्द्र चालिसेलाई  ‘कबा विशिष्ट सम्मान’ र विष्णु ओलीलाई  ‘कबा सम्मान’ प्रदान गर्ने छ। साप्ताहिकका प्रबन्धक गङ्गा पौडेलका संयोजकत्वमा गठित प्रतिभा चयन समितिले गरेको सिफारिसका आधारमा ती प्रतिभा चयन गरिएकोे जनाइएको छ।

सो सम्मान तथा पुरस्कार आगामी साउन ७ गते पत्रिकाको दशौँ वार्षिकोत्सवमा प्रदान गरिने पत्रिकाका सहसम्पादक परशुराम अधिकारीले बताउनुभयो। पत्रिकाले हरेक वर्ष वार्षिकोत्सवमा सम्मान र पुरस्कार प्रदान गर्दै आएको जनाइएको छ। 

प्रकाशित मिति: १७:४८ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्