Kathmandu Press

बङ्गलादेशका राष्ट्रपति पोखरा जाँदै, फेवामा जलविहार गर्ने

काठमाडौं, कात्तिक २८ : नेपालको भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखराको भ्रमणमा जान लागेका छन्।

नेपालको चार दिने ....

बङ्गलादेशका राष्ट्रपति पोखरा जाँदै, फेवामा जलविहार गर्ने

काठमाडौं, कात्तिक २८ : नेपालको भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखराको भ्रमणमा जान लागेका छन्।

नेपालको चार दिने भ्रमणमा रहेका राष्ट्रपति हमिद आज बिहान पोखरा जाने कार्यक्रम रहेको छ। उनी बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा ओर्लिने कार्यक्रम तय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए।

राष्ट्रपति हमिदको स्वागतका लागि पोखरालाई सजाइएको छ। स्वागतका लागि सबै तयारी पूरा भएको प्रजिअ केसीलेब ताए।

राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकीका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ।

उनी पोखरा विमानस्थलबाट फिस्टेल जलमा जानेछन्। जहाँ आमा समूह, नागरिक समाज र टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ।

फिस्टेल लजमा आराम गरेपछि आजै फेवा तालमा जलविहार गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि उनी नेपाली सेनाको हेलिकप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुग्नेछन्। रुपाकोट रिसोर्टबाट सुन्दर हिमाश्रृंखला अवलोकन गर्न सकिन्छ।

उनी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति: १०:११ बजे, बिहीबार, कात्तिक २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्