Kathmandu Press

स्यामुयल इटोको गुनासो- बालोन डि'अरमा अफ्रिकी खेलाडीलाई विभेद भयाे

क्यामरूनका लोकप्रिय खेलाडी स्यामुअल इटोले अफ्रिकी खेलाडीले पाउनुपर्ने सम्मान अझै नपाएको बताएका छन्।

पेरिस सेन्ट जर्मेन र एसी मिलानका पूर्व स्ट्राइकर जर्ज वेह....

स्यामुयल इटोको गुनासो- बालोन डि'अरमा अफ्रिकी खेलाडीलाई विभेद भयाे

क्यामरूनका लोकप्रिय खेलाडी स्यामुअल इटोले अफ्रिकी खेलाडीले पाउनुपर्ने सम्मान अझै नपाएको बताएका छन्।

पेरिस सेन्ट जर्मेन र एसी मिलानका पूर्व स्ट्राइकर जर्ज वेहले सन् १९९५ मा बालोन डि'अर जितेका थिए। उनी हाल लाइबेरियाका राष्ट्रपति छन्। यो पुरस्कार पाउने उनी एकमात्र अफ्रिकी खेलाडी हुन्।  “अफ्रिकामा पश्चिमेली सञ्चारमाध्यमको प्रभाव छ। मानिसहरू लियोनल मेस्सीको गोल हेर्न मन पराउँछन्,” ३८ वर्षीय इटोले भने।

बार्सिलोनाका पूर्व खेलाडी इटो एक समयमा मेस्सीको टिमबाट पनि खेलेका थिए। “अफ्रिकी खेलाडीलाई सम्मान नगरिएको” र “कम मूल्याङ्कन गरिएको” उनको भनाइ छ।

Hardik ivf

तीन पटक युईएफए च्याम्पियन्स लिग र दुई पटक अफ्रिका कप अफ नेसन्स जितेपछि इटोले खेल जीवनबाट सन्यास लिएका हुन्। उनले विश्वको उत्कृष्ट खेलाडीको पुरस्कार कहिल्यै जितेनन्।  तर यसमा कुनै गुनासो नभएको उनको भनाइ छ।  “मैले यति धेरै ट्रफिहरू जिते कि मेरा धेरै सपनाहरू साकार भएँ र मेरा लागि त्यही नै बालोन डि'अर हो। तर मेरो पुस्तापछि आउने भाइहरूप्रति मेरो सहानुभूति छ,”उनले एक अन्तर्वार्तामा भनेका छन्।

यो वर्षको बालोन डि'अरका लागि ३० जना खेलाडीको नाम अघि आएको छ। उनीहरूमध्ये पाँच जना अफ्रिकी खेलाडी छन्। डिसेम्बर २ तारिखका दिन पेरिसमा विजेताको नाम घोषणा गरिनेछ। एक सय ८० जना पत्रकारले लुका  मोड्रिचको उत्तराधिकारीका लागि मतदान गर्नेछन्।

सेनेगलका साडियो माने र इजिप्टका मोहम्मद सलाह मनोनयनमा परेका छन्। पोहोर च्याम्पिन्यस लिग जित्ने लिभरपुलको टोलीमा दुवै खेलाडी सम्मिलित थिए। सेप्टेम्बरमा फिफाको द वेष्ट अवार्डमा उत्कृष्ट तीन खेलाडीभन्दा उनीहरू थोरै मात्र तल थिए। त्यसको सूचीमा मेस्सीले लिभरपुलका डिफेन्डर भिर्गिल भ्यान डाइक र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका थिए।

मिलानमा भएको पुरस्कार वितरण समारोहमा इटो पनि सहभागी थिए। कसले जित्ला भनेर रेड कार्पेटमा सोध्दा उनले माने र सलाहको नाम लिएका थिए। त्यो छोटो अन्तर्वार्ताको भिडियो क्लिप भाइरल भएको थियो।

“त्यो साडियो माने वा मोहम्मद सलाहलाई पोडियम हेर्ने अफ्रिकाको अवसर थियो। उनीहरूले उत्कृष्ट सिजन खेलेका थिए। उनीहरूले जितेको भए कसैलाई आश्चर्य हुँदैन थियो,” इटोले भने। सबै ५४ वटा अफ्रिकी राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकले मतदान गरेका थिए। तर उनीहरूले सलाह वा मानेलाई मत दिएनन्। उनीहरू सेनेगलसँगै अफ्रिका कप अफ नेसन्सको फाइनल पुगेका थिए।

“हामी अफ्रिकीबीच किन घृणा फैलिएको छ? किन गलत स्थानमा डाहा भइरहेको छ? हामीले एक अर्कालाई सम्मान गरेनौं भने अरूले कसरी गर्लान्?” इटोले भने,“ यो लाजको विषय हो। सबै अफ्रिकीले अन्य अफ्रिकीलाई मतदान गरे, हामीसँग उत्कृष्ट खेलाडीको थुप्रै पुरस्कार हुने थियो।”

अल्जेरियाका लागि कप अफ नेसन्स जितेपछि म्यान्चेस्टर सिटीका विङ्गर रियाद माहरेज पनि मनोनित भएका छन्। त्यसैगरी, नेपोली र सेनेगलका डिफेन्डर कलिडो कुलिबाली तथा आर्सनल र ग्याबोनका स्ट्राइकर पियरे एमेरिक उबामियोङ पनि मनोनयमा परेका छन्।

“अफ्रिका कति बलियो छ देखाउनुपर्छ। यति राम्रा खेलाडी पाएकोमा हामी भाग्यमानी छौं। उनीहरूले च्याम्पियन्स लिगमा दशभन्दा धेरै गोल गरेका छन्। इंग्लिस लिगमा शीर्ष तीन स्कोरर पनि छन् (माने, सलाह र उबामियोङ) तर खोई कसरी हो उनीहरूले हाम्रो समर्थन पाएका छैनन्,” इटोले भने,“उनीहरूलाई सकेसम्म साथ दिन चाहन्छु। उनीहरूको पक्षमा उभिन चाहन्छु किनभने एक दिन उनीहरूकै पालो आउनेछ। यो कुरा हामी अफ्रिकीहरूले बुझेका छैनौं। त्यसैले हामी पछि परेका छौं।”

यो वर्ष रोनाल्डो र मेस्सी पनि बालोन डि'अरका लागि मनोनित भएका छन्। तर बार्सिलोनाका मेस्सीले फेरि एक पटक बालोन डि'अर जितेको इटो हेर्न चाहन्छन्।

“उनी सर्वश्रेष्ठ खेलाडी हुन्। उनी यहाँसम्म आइपुगेको हेर्न र उनीसँग राम्रो सम्बन्ध राख्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु। उनी फुटबलका भगवान् हुन्। उनले फेरि पनि बालोन डि'अर जिते म खुशी हुनेछु,” उनले भने। 

प्रकाशित मिति: ०७:०९ बजे, बिहीबार, कात्तिक २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्