शर्मिला बर्देवाले ल्याइन् ‘यो मुटुको धड्कन...’
काठमाडौं, असार १८ : वरिष्ट गायिका शर्मिला बर्देवाको नयाँ ‘यो मुटुको धड्कनले’को भिडियो सार्वजनिक गरिएको छ । भिडियो गायिका बर्देवाकै च्यानल शमिएला बर्देवा...
काठमाडौं, असार १८ : वरिष्ट गायिका शर्मिला बर्देवाको नयाँ ‘यो मुटुको धड्कनले’को भिडियो सार्वजनिक गरिएको छ । भिडियो गायिका बर्देवाकै च्यानल शमिएला बर्देवा अफिसियलमार्फत सार्वजनिक भएको हो ।
एसबी म्युजिक वल्र्डको प्रस्तुति रहेको गीतको कम्पोज कल्याण सिंहले गरेका हुन् भने निर्माता सरोज परियार हुन्। गीतमा रवि मल्लको शब्द, प्रदिप जोशीको मिक्सिङ र दिनेश श्रेष्ठको एरेन्ज रहेको छ ।
प्रभु गुरुङले निर्देशन गरेको भिडियोमा कन्सेप्ट, कोरियोग्राफी पनि नर्देशक गुरुङकै छ । भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गरेका हुन् ।
युकेका विभिन्न स्थानमा खिचिएको भिडियोमा सलिना थापामगर र सरोज केसीले अभिनय गरृका छन्। मिडियोमा प्रेम सम्बन्धमा आउने आरोह–अबरोहलाई प्रस्तुत गरिएको छ।
गायिका शर्मीलाले आफ्ना फ्यानहरुका लागि नयाँ कोसेली स्वरुप यो गीत ल्याएको बताएकी छिन् । उनले बिगतमा झै आफ्नो यो गीत पनि दर्शकस्रोताले मन पराउने विश्वास व्यक्त गरेकी छिन् ।
हेर्नुस् भिडियो












