‘कलाकर्मी डाइजेष्ट’को विमोचन, ५ व्यक्तिलाई कलाकर्मी सम्मान
काठमाडौं, असार १८ : ‘कलाकर्मी डाइजेष्ट’ मासिक पत्रिकाको विमोचन गरिएको छ । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको ‘कलाकर्मी डाइजेष्ट’ शनिबार एककार्यक्रमबीच विमोचन गरिएकाे....jpg)
काठमाडौं, असार १८ : ‘कलाकर्मी डाइजेष्ट’ मासिक पत्रिकाको विमोचन गरिएको छ । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको ‘कलाकर्मी डाइजेष्ट’ शनिबार एककार्यक्रमबीच विमोचन गरिएकाे हो।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधिक विश्वनाथ भट्टराई, काठमाडौं–३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलगायतले पत्रिकाको विमोन गरे।
.jpg)
राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको पत्रिका कलाकर्मी मिडिया म्यानेज्मेन्टका लागि पत्रकार कृष्ण भट्टराईले प्रकाशन गरेका हुन्। पत्रिकाको सम्पादकमा बबिता ढकाल छिन्।
पत्रिकाको विमोचन गर्दै उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भइरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नयाँ दिशा दिने बताइन्।
.jpg)
सोही अवसरामा ५ जना व्यक्तिलाई ‘कलाकर्मी सम्मान २०७९’बाट सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङ छन्। प्रत्येकलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
.jpg)












