हृदयचन्द्र सिंह स्मृति सम्मान पाण्डेलाई
काठमाडाैं, असार १८ : साहित्य सदन नेपालले २०७७ को हृदयचन्द्र सिंह स्मृति पुरस्कार प्रा.डा. ताराकान्त पाण्डे र २०७८ को हृदयचन्द्र स्मृति पुरस्कार नियात्राकार...
काठमाडाैं, असार १८ : साहित्य सदन नेपालले २०७७ को हृदयचन्द्र सिंह स्मृति पुरस्कार प्रा.डा. ताराकान्त पाण्डे र २०७८ को हृदयचन्द्र स्मृति पुरस्कार नियात्राकार विष्णु शर्मा पराजुलीलाई प्रदान गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित एक समारोहबीच वरिष्ठ साहित्यकार निनु चापागाइँले उक्त पुरस्कार वितरण गर्नुभयो। पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ। त्यसैगरी २०७८ सालको गोपालप्रसाद रिमाल पुरस्कार कवि वासुदेव अधिकारी र २०७९ को गोपालप्रसाद रिमाल पुरस्कार कवि एवं समालोचक डा गीता त्रिपाठीलाई प्रदान गरिएको छ।
उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ। साहित्य सदन नेपालले प्रत्येक वर्ष हृदयचन्द्र सिंह स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार विभिन्न स्रष्टालाई प्रदान गर्दै आएको छ। गत वर्ष कोरोना माहामारीका कारण स्थगित भएको दुवै पुरस्कार यस वर्ष प्रदान गरिएको सदनका कार्यवाहक अध्यक्ष प्रा डा हेमनाथ पौडेलले जानकारी दिए।
कार्यक्रममा नेकपा ९एमाले०का नेता रामेश्वर फुयाँल, प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायलगायत कवि एवं साहित्यकारको उपस्थिति थियो।








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)