Kathmandu Press

उपनिर्वाचनमा सिके राउतको पार्टीको पनि उम्मेदवारी

जलेश्वर, कात्तिक २७ : मंसिर १४ मा हुने उपनिर्वाचनमा डा. सिके राउत नेतृत्वको पार्टी पनि सहभागी भएको छ। 

राउत नेतृत्वको पार्टीबाट मह....

उपनिर्वाचनमा सिके राउतको पार्टीको पनि उम्मेदवारी

जलेश्वर, कात्तिक २७ : मंसिर १४ मा हुने उपनिर्वाचनमा डा. सिके राउत नेतृत्वको पार्टी पनि सहभागी भएको छ। 

राउत नेतृत्वको पार्टीबाट महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा पिपरा गाउँपालिका–५ की अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिएको पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले जानकारी दिए।

मण्डल पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएकी हुन्। पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउँदै उनले आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरिन्।
 

प्रकाशित मिति: १८:०१ बजे, बुधबार, कात्तिक २७, २०७६