प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता
काठमाडौं, कात्तिक २७ : प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ।
काठमाडौंको मेरियट ....
काठमाडौं, कात्तिक २७ : प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ।
काठमाडौंको मेरियट होटलमा बुधबार भएको भेटमा उनीहरूबीच दुई देशबीच आपसी सहयोग आदान प्रदान र सहकार्यबारे कुराकानी भएको थियो।
भेटमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव लगायत मन्त्रीहरू सहभागी थिए।
प्रकाशित मिति: १६:१७ बजे, बुधबार, कात्तिक २७, २०७६
थप समाचार






