बंगलादेशका राष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
काठमाडौं, कात्तिक २७ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ।
काठमाडौं, कात्तिक २७ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ।
चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदसँग बुधबार भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्यबारे कुराकानी भएको थियो। भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताएका थिए।
राष्ट्रपति हमिदले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा समर्थन गर्ने नेपाल ७ औं राष्ट्र भएको बताउँदै उक्त समर्थनको प्रशंसा गरे। त्यसैगरी, दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिवृद्धि गर्न भ्रमण आदन-प्रदान गर्नुपर्ने बताउँदै उनले अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि विशेष निमन्त्रणा दिएका थिए।
भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बङ्गलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बताए। उनले दुई देशबीच व्यापार, पर्यटन र संस्कृतिजस्ता क्षेत्रमा आपासी हितका लागि सहकार्य गर्न सकिने बताएका थिए।
अध्यक्ष तिमिल्सिनाले नेपालले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले गर्मी मौसममा शितलता लागि बङ्गलादेशी जनातालाई राष्ट्रपतिमार्फत नेपाल भ्रमणको निम्ता दिएको उनको निजी सचिवालयले जनाएको छ।











