दाेलखाको विविधता झल्काउने तस्बिर मेला सुरु
काठमाडाैं, असार १७ : दाेलखा जिल्लाको विविधता झल्काउने तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा शुक्रबाट सुरु भएको छ।प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक...
काठमाडाैं, असार १७ : दाेलखा जिल्लाको विविधता झल्काउने तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा शुक्रबाट सुरु भएको छ।
प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन्।
दोलखा मिडियाद्वारा आयोजना गरिएको तीनदिने फोटो प्रदर्शनीको मुख्य उद्देश्य नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पर्यटक भित्र्याउनु रहेको मिडियाका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए।
मेलामा दोलखाको विविधता झल्काउने खालका तस्बिरहरु भएको र त्यहाँको विकास र जनजीवनको भित्री पाटोलाई चित्रमार्फत उठान गरिएको उनले जानकारी दिए। मेला स्वदेशी र विदेशी पाहुनाहरुले पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ।
असार १९ गतेसम्म चल्ने फोटो प्रदर्शनीमा त्यहाँको पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक मनोरम प्राकृतिक दृश्य देख्न पाइने आयोजकले जनाएको छ।













-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)