बंगलादेशका राष्ट्रपति र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडाैं, कात्तिक २७ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्।
बुधबार ....

काठमाडाैं, कात्तिक २७ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्।
बुधबार नागपोखरीस्थित मेरियट होटल पुगेर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा दुई देशको आपसी हित र सहयोगबारे छलफल भएको जनाएको छ।
नेपालको चार दिने भ्रमणमा रहेका राष्ट्रपति हमिदले यस अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए। आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
उनको सम्मानमा राष्ट्रपति भण्डारीले आज रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: १४:४५ बजे, बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार