Kathmandu Press

आर्थर गन कन्सर्टका लागि नेपाल आउँदै

काठमाडौं, असार १७ : अमेरिकन आइडल-२०२० मा फस्ट रनर अप बन्न सफल दिवेश पोखरेलले नेपाल आउने भएका छन्।आर्थर गनका रूपमा चर्चित उनी कन्सर्टका...
आर्थर गन कन्सर्टका लागि नेपाल आउँदै

काठमाडौं, असार १७ : अमेरिकन आइडल-२०२० मा फस्ट रनर अप बन्न सफल दिवेश पोखरेलले नेपाल आउने भएका छन्।

आर्थर गनका रूपमा चर्चित उनी कन्सर्टका लागि आगामी भदौमा नेपाल आउन लागेका हुन्।

नेपालका मुख्य सहरहरू काठमाडौँ, पोखरा, नेपालगन्ज, भैरहवा, चितवन र इटहरीमा कन्सर्ट गर्ने कार्यक्रम तय भइसकेको कन्सर्ट आयोजक ब्रेनसर्भिसले जनाएको छ।

काँकडभिट्टा कन्सर्ट गर्ने कि नगर्ने भनेर निर्णय हुन बाँकी छ। आर्थर गनसँगै स्थानीय ब्यान्डले पनि आफ्नो प्रस्तुति दिने जनाइएको छ।

आर्थर गनको घर काठमाडौँ कलंकीमा रहेको छ। अध्ययनका क्रममा उनी अमेरिकामा बस्दै आएका छन्। नेपालकाे घरमा उनलाई भव्य स्वागतको तयारी गरिएको छ।

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्