Kathmandu Press

निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जेल चलान

काठमडाौं, कात्तिक २७ : निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जनालाई जेल चलान गरिएको छ।

मिर्गौला किनबेचमा संलग्न रहेको अभियोगमा ललितपुर जिल्....

निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जेल चलान

काठमडाौं, कात्तिक २७ : निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जनालाई जेल चलान गरिएको छ।

मिर्गौला किनबेचमा संलग्न रहेको अभियोगमा ललितपुर जिल्ला अदालतले निदान अस्पतालका सीईओ र डाक्टरसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

मिर्गौला किनबेचको आरोपमा निदानका सीईओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछापको दोरम्बा–३ का शंकरलाल लामा, सप्तरीको कञ्चनरुप नगरपालिका–९ का कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई पक्राउ गरिएको थियो। उनीहरूलाई जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि जेल चालन गरेको आदेश दिएको हो।

उनीहरूको एक बिरामीको मिर्गौला शंकरलाल लामालाई विक्री गरिएको प्रहरीले जनाएको छ। मानव बेचबिखन तथा ओसारपसार हेर्ने ब्यूरोका अनुसार, उनीहरूले नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोण गरेका थिए।

कानुनअनुसार, नातेदारको मात्रै मिर्गौला लिन तथा दिन पाइन्छ । उनीहरूले आफन्त भनेर अर्कैको मिर्गौला प्रत्यारोपण गरेको पाइएको थियो।

उनीहरूलाई असोज २९ गते पक्राउ गरिएको थियो। पाँचै जनाविरुद्ध मावन बेचविखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार, मुद्दा दर्ता गरिएको छ। अब उनीहरूले मुद्दाको फैसाल नहुँदासम्म जेलमै बस्नुपर्नेछ।

प्रकाशित मिति: १३:२३ बजे, बुधबार, कात्तिक २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्