बंगलादेशका राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौं, कात्तिक २७ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।
<....
काठमाडौं, कात्तिक २७ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।
बुधबार बिहान होटल मेटियट पुगेर अध्यक्ष प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा दुई देशको आपस हित र सहयोगबारे छलफल भएको जनाएको छ।
त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमस्निाले पनि बंगलादेशका राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन्।
नेपालको चार दिने भ्रमणमा रहेका राष्ट्रपति हमिदले बुधबार राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछन्।
राष्ट्रपति हमिदले मंगलबार भक्तपुरकाे भ्रमण गरेका थिए। उनी पोखरा र चन्द्रागिरी पनि पुग्नेछन्।











