उपनिर्वाचनका लागि स्थानीय तहमा उम्मेदवारी दर्ता गरिँदै
काठमाडौं, कात्तिक २७ : मंसिर १४ मा हुने उपनिर्वाचनका लागि स्थानीय तहका रिक्त रहेका पदमा उम्मेदवारी दर्ता गरिँदै छ।
निर्वान आयोगले जारी गरेको....

काठमाडौं, कात्तिक २७ : मंसिर १४ मा हुने उपनिर्वाचनका लागि स्थानीय तहका रिक्त रहेका पदमा उम्मेदवारी दर्ता गरिँदै छ।
निर्वान आयोगले जारी गरेको उपनिर्वाचन कार्यक्रमअनुसार, आज स्थानीय तहका ४८ पदमा उम्मेदवारी दर्ता गरिनेछ। देशका विभिन्न स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका लागि निर्वाचन हुन लागेको हो।
निर्वाचन हुन लागेको स्थानीय तहका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ। सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिने आयोगले जनाएको छ।
मंसिर १४ गते सुनसरीको धरान उपमहानगरपालिका मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। त्यस्तै, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुनेछ ।
यसैगरी, ३४ जिल्लाका ४० स्थानीय तहमा रिक्त विभिन्न वडाका ४३ वडाध्यक्ष पदका लािग पनि उपनिर्वाचन हुन लागेको हो। यि सबै ठाउँमा आजै उम्मेदवारी दर्ता गरिँदै छ।
मंसिर १४ मै हुने प्रतिनिधिसभा र प्रदेशसभाका चार स्थानमा भने यस अघि नै उम्मेदवारी दर्ता भइसकेको छ। सबै पार्टीका उम्मेदवार चुनावी प्रचारमा जुटेका छन्।











