Kathmandu Press

लिम्पियाधुराबारे प्रमाण जुटाउँदै छौं : भूमिमन्त्री अर्याल

वीरगञ्ज, कात्तिक २७ :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराबारे प्रमाण जुटाइरहेको बताएकी छन्।

<....
लिम्पियाधुराबारे प्रमाण जुटाउँदै छौं : भूमिमन्त्री अर्याल

वीरगञ्ज, कात्तिक २७ :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराबारे प्रमाण जुटाइरहेको बताएकी छन्।

बुधबार पर्साको विरजञ्जमा आयोजित भेटघाट कार्याक्रममा बोल्दै मन्त्री अर्यालले लिपुलेख र कालापानी नेपालकै नक्सामा राखिसकेको बताइन्।

भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेख राखेको सन्दर्भलाई संकेत गर्दै मन्त्री अर्यालले भनिन्, ‘लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै छौं। लिपुलेख र कालापानी नेपालको नक्सामा नै राखिसकियो।’

आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्‍ने उनको भनाइ थियो। ‘सरकारले लिपुलेख, कालापानी र लिम्पियाधुरालगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन। ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ,’ उनले भनिन्।

बलियो सरकार भएकाले आफ्नो भूमिका विषयमा नडराउने बताइन्। ‘केपी शर्मा ओली नेतृत्वको सरकारले खुट्टा कमाउँदैन,’ उनले भनिन्।

लोकतन्त्रको प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुईतिहाईको सरकारले ‘समृद्ध नेपाल शुखी नेपाली’को नारा लिएर अगाडि बढिरहेको बताउदै मन्त्री अर्यालले अब प्रतिफल देखिने गरी काम गरिने बताइन्।

सरकारले गरेका राम्रा कामको भने सहि प्रचार हुन नसकोको उनको गुनासो थियो। सामाजिक सञ्जाल र बाहिर जता पनि प्रतिपक्षका मात्र कुरा आउँदा फिल्डजति सबै प्रतिपक्षलाई छाडेर चुप बसेको जस्तो देखिएको भन्दै कम्तिमा राम्रा कामको प्रचार गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिइन्।

प्रकाशित मिति: १०:५४ बजे, बुधबार, कात्तिक २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्