मध्यपहाडी लोकमार्गमा दुर्घटना, चालकसहित दुईको मृत्यु
पाँचथर, कात्तिक २७ : निर्माणाधीन मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
गएराति हिलिहाङ गाउँपालिका&nd....

पाँचथर, कात्तिक २७ : निर्माणाधीन मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
गएराति हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना भएको हाे। मध्पहाडी लाेकमार्गमा काम गरेर फर्किदै गरेकाे टिपर दुर्घटनामा परेकाे जनाएकाे छ।
बा २ क २९२० नम्बरको टिपर दुर्घटना हुँदा धादिङका विनोद तामाङ र हिलिहाङ–२ का भीम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विनोद टिपर चालक हुन्।
निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको टिपर सडकबाट करीब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।











