Kathmandu Press

६२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र

काठमाडाैं, असार १६ : चलचित्र विकास बोर्डले ६२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको छ।आज (बिहीबार) बोर्डको २२औं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रमबीच...
६२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र

काठमाडाैं, असार १६ : चलचित्र विकास बोर्डले ६२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको छ।

आज (बिहीबार) बोर्डको २२औं वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फिल्मकर्मीलाई सो परिचयपत्र वितरण गरेका हुन्।

Hardik ivf

यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो। दोस्रो चरणमा आज परिचयपत्र वितरण गरिएको हो।

आज परिचयपत्र प्राप्त गर्नेमा चैत्यदेवी सिंह, सन्तोष पन्त, राजाराम पौडेल, भुवन केसी, उज्ज्वल घिमिरे, किरण केसी, डा. भोला रिजाल, पवन मैनाली, मदन घिमिरे, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा छन्।

नरेन्द्र महर्जन, धीरेन शाक्य, उत्तम केसी, दयाराम दाहाल, नारायण प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मनोज केसी, बनिस शाह, हिमाल केसीलगायतले पनि आजै परिचयपत्र प्राप्त गरेका हुन्।

यसअघि परिचयपत्र पाउने कलाकार

१. हरिप्रसाद रिमाल, कलाकार
२. यादव खरेल, निर्देशक
३. भुवन थापा (चन्द), कलाकार
४. वसुन्धरा भुसाल, कलाकार
५. नीरविक्रम शाह (नीर शाह), निर्माता, निर्देशक, कलाकार, लेखन
६. चेतन कार्की लेखन, निर्देशक
७. किरण खरेल, लेखन
८. लक्ष्मीनाथ शर्मा, निर्देशक
९. सुभद्रा अधिकारी, कलाकार
१०. शकुन्तला गुरुङ शर्मा, कलाकार
११. गेहेन्द्र धिमाल, प्राविधिक
१२. उद्धव पौडेल, निर्माता
१३. मन्जुकुमार श्रेष्ठ, प्राविधिक
१४. हरिवंश आचार्य निर्माता, निर्देशक,कलाकार, लेखन
१५. मदनकृष्ण श्रेष्ठ निर्देशक, कलाकार, लेखन
१६. वसन्त श्रेष्ठ, नृत्य निर्देशक
१७. हरिहर शर्मा, कलाकार
१८. शम्भुजित बासकोटा, संगीतकार
१९. मिथिला शर्मा (बोहरा), कलाकार
२०. रवीन्द्र खड्का, कलाकार
२१. प्रदीपकुमार उपाध्याय, प्राविधिक
२२. शिवसुन्दर श्रेष्ठ (शिव श्रेष्ठ), कलाकार
२३. रामचन्द्र अधिकारी, कलाकार
२४. शुभाषप्रसाद गजुरेल, कलाकार, निर्देशक
२५. लयप्रसाद संग्रौला, कलाकार
२६. टीकाबहादुर पहारी, कलाकार
२७. मोहनप्रसाद निरौला, कलाकार
२८. शर्मिला मल्ल, कलाकार
२९. मदनदास श्रेष्ठ, कलाकार
३०. कृष्णकुमार मल्ल (कृष्ण मल्ल), कलाकार
३१. राजेन्द्र खड्गी, द्वन्द निर्देशक
३२. अशोक शर्मा, कलाकार
३३. रमेश बुढाथोकी निर्देशक, कलाकार
३४. युवराज लामा थिङ, निर्देशक
३५. रुपा राना, कलाकार
३६. गणेशप्रसाद उप्रेती (गणेश उप्रेती), कलाकार
३७. करिश्मा मानन्धर, कलाकार
३८. लक्ष्मीकुमारी पौड्याल (लक्ष्मी गिरी), कलाकार
३९. छविराज ओझा, निर्माता
४०. राजेश हमाल, कलाकार

प्रकाशित मिति: १६:३० बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्