राजु लामाको स्वरमा ‘ठुली’ म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं, असार १६ : हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठुली’ म्युजिक भिडियो सार्वजनिक भएको छ।राजु लामा र तारा...
काठमाडाैं, असार १६ : हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठुली’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो। उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ।
‘नाकैमा ठुली, शिरैमा सुनको शिरबन्दी’, ‘म पनि केमा कम छु र, भन न, चट्टै परेर आको छु हेर न’, ‘आऊ न नजिक मलाई अँगालोमा बेर न’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ।
उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गरेका छन्। अर्जुन तिवारीले छायांकन गरेको सो भिडियोमा सान थापाले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)