बहुविवाह मुद्दामा नायिका शिल्पालाई पक्राउ गर्न बाटो खुला
काठमाडौं, कात्तिक २६ : बहुविवाह मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ।
सर्वोच्च अदालतले अभिनेत्री पोखरेलले आफूल....
काठमाडौं, कात्तिक २६ : बहुविवाह मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ।
सर्वोच्च अदालतले अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पूर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गदैै दिएको निवेदन खारेज गरिदिएपछि पक्राउको बाटो खुलेको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार अभिनेत्री पोखरेलले दायर गरेको रिट निवेदन खारेज गर्न आदेश दिएको थियो।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सो अन्तरिम आदेशका साथै रिट निवेदन मंगलबार खारेज भएको छ।
फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पूर्जी जारी भएको थियो।






