Kathmandu Press

कर्णालीमा चलचित्र कार्यशाला

काठमाडौं, असार  १५ : सिनेकर्मीहरु यतीबेला सुर्खेतमा फिल्म सिक्न व्यस्त छन् । कर्णाली प्रदेशमा पहिलो पटक केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजना सुरु भएको...
कर्णालीमा चलचित्र कार्यशाला

काठमाडौं, असार  १५ : सिनेकर्मीहरु यतीबेला सुर्खेतमा फिल्म सिक्न व्यस्त छन् । कर्णाली प्रदेशमा पहिलो पटक केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजना सुरु भएको ‘कर्णाली चलचित्र कार्यशाला–२०७९’ मा उनीहरु सिनेमा सिक्न व्यस्त भएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘एक्सन कट’ भन्दै निर्देशन गरेर यो कार्यशालाको उद्घाटन गरेका हुन् । 

उनले कार्यक्रममा भने,‘कर्णालीलाई हेर्ने नजर अब परिवर्तन गरौं । किनकी कर्णाली हरेक दृष्टीकोणले धनी छ ।’ यो कार्यशालामा सहभागी भएकाहरुले सिनेमा सिकेर कर्णालीको जन जीवन र यहाँको संस्कृतिलाई सिनेमामा उतार्ने विश्वास मुख्यमन्त्री शाहीले सो कार्यक्रममा व्यक्त गरे ।  यो कार्यशालामा कर्णालीबासीले उत्साहका साथ चलचित्र सिकिरहेको कार्यशालाको स्थानीय सँयोजन हरि बिष्टले बताएका छन् । उनीहरु फिल्ममा आउने बिष्टको विश्वास छ । १४ असारबाट सुरु भएको यो कार्यशाला १९ असारसम्म एक साता चल्ने छ । 

Hardik ivf

कार्यशालामा यतीबेला चलचित्र निर्माण अन्तर्गत अभिनय, छायाँकन, सम्पादन, चलचित्र लेखन, निर्माण र चलचित्र निर्देशन सम्बन्धि सम्बन्धि प्रशिक्षण चलिरहेको छ ।  

जसअन्तर्गत कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय, बिष्णु कल्पितले छायाँकन, प्रितम पाण्डेले सम्पादन, शिवम अधिकारीले चलचित्र लेखन र डब्बु क्षत्रीले फिल्म प्रोडक्सन तथा निर्देशनको प्रशिक्षण दिईरहेका छन् । यस्तै अग्रज चलचित्र निर्देशक तथा अभिनेता नीर शाहले यो कार्यशालामा आफ्नो अनुभव आदन प्रदान सहितको मास्टर क्लास लिने यस कार्यक्रमका संयोजक राजु केसीले बताएका छन् । 

चलचित्र विकाश बोर्ड, नेपाल टेलिकम, दुरसँचार प्राधिकरण, कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय, दुल्लु साँस्कृतिक संग्रहालय दैलेख, सुर्खेत नगरपालिकालगायतको सहकार्यमा यो कार्यशाला भईरहेको पनि केसीले जानकारी गराएका छन् । 

कार्यशालामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरु सहभागी भएको आयोजक संस्था केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपका अध्यक्ष भूपेन्द्र कुमार खड्काले बताए,‘यो कार्यशालामा हामीले अहिले चलचित्र निर्माण सम्बन्धि एक साताको बेसिक कोर्स सिकाईरहेका छौं र कार्यशाला सम्पन्न भएपछि विधार्थीहरु समुहमा विभाजन भएर हरेक समुहबाट एक एक वटा लघू चलचित्र पनि बनाउने छन् ।’ 

उनले चलचित्र सम्बन्धि यस्ता प्रशिक्षण मुलक कार्यक्रम कर्णाली प्रदेशमा आगामी दिनमा पनि आयोजना गरिने बताए । अब आफुले निर्माण गर्ने नयाँ चलचित्रमा अहिलेको जनशक्तिलाई अबसर दिने पनि उनले प्रतिबद्धता जनाए । 

प्रकाशित मिति: २०:३६ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्