Kathmandu Press

प्रश्रितसहित ६ जनालाई सम्मान

झापा, असार १५ : वरिष्ठ साहित्यकार तथा पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितसहित ६ जनालाई भानु साहित्यक प्रतिष्ठानले सम्मान गर्ने भएको छ। यही असार २९ गते...
प्रश्रितसहित ६ जनालाई सम्मान

झापा, असार १५ : वरिष्ठ साहित्यकार तथा पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितसहित ६ जनालाई भानु साहित्यक प्रतिष्ठानले सम्मान गर्ने भएको छ। 

यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसर पारेर काँकरभिट्टामा प्रतिष्ठानले प्रश्रितसहित क्या गोपिलाल लिम्बू (इतिहासकार/अन्वेषक), जीएन शर्मा (पत्रकार), भानुभक्त कुभिण्डेली (साहित्यकार), शशीप्रसाद बजगाईं (साहित्यकार तथा पत्रकार), मातृकाप्रसाद सङ्ग्रौला (कलाकार तथा साहित्यकार) लाई सम्मान गर्ने भएको हो । 

प्रश्रितलाई रु एक लाख एक हजार र अन्य सबैलाई नगद रु २१ हजारका दरले सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए। 

असार २८ गते भानुजन्यतीको अवसर पारेर प्रतिष्ठानले कविता गोष्ठीसमेत आयोजना गरेको छ। त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साहित्यकारको सहभागिता रहने जनाइएको छ।

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्