Kathmandu Press

रौतहटको प्रहरी चौकीमा बम विष्फोट, एक प्रहरी घाइते

गौर, कात्तिक २६ :  रौतहटको इशनाथ नगरपालिका–४ मठियामा रहेको प्रहरी चौकीमा बम विष्फोट भएको छ। बम विष्फोट हुँदा एक जना प्रहरी जवान घाइते भएका ....

रौतहटको प्रहरी चौकीमा बम विष्फोट, एक प्रहरी घाइते

गौर, कात्तिक २६ :  रौतहटको इशनाथ नगरपालिका–४ मठियामा रहेको प्रहरी चौकीमा बम विष्फोट भएको छ। बम विष्फोट हुँदा एक जना प्रहरी जवान घाइते भएका छन्। 

मंगलबार दिउँसो १ बजेतिर प्रहरी चौकीमा अज्ञात समूहले बम विष्फोट गराएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए। 

उनका अनुसार बम विष्फोटनमा परी डिउटीमा खटिएका प्रहरी जवान रञ्जित यादव घाइते भएका छन्। प्रहरी चौकीमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ।  

प्रहरी विष्फोटनमा संलग्न रहेको आरोपमा भारत सीतामढी जिल्लाको ढाका घर बताउने २५ वर्षीय चन्दनकुमारलाई मोटरसाइकलसहित पक्राउ गरेको एसपी खत्रीले बताए।

भारतीय नम्बर प्लेटको बिआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले प्रहरी चौकीमा सुतली बम प्रहार गरेको बताइएको छ। घटनामा संलग्न अकौ एक जना भने फरार भएका छन्। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, कात्तिक २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्