Kathmandu Press

निराश जनतालाई उत्साहित बनाउन कांग्रेसले जित्नुपर्छ : रिजाल

पोखरा, कात्तिक २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्न....

निराश जनतालाई उत्साहित बनाउन कांग्रेसले जित्नुपर्छ : रिजाल

पोखरा, कात्तिक २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताएका छन्।

कास्की क्षेत्र नम्बर २ माको उपनिर्वाचनका क्रममा पोखरा महानगरपालिका–१७ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा उनले भने,‘सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ।’  

सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बनाएको बताए। उनले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न मतदातालाई आग्रह पनि गरे। 

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति र विसङ्गति रोक्न र सरकारलाई सही बाटामा हिँडाउन यस चुनावमा कांग्रेसले जित्नु पर्ने बताए।

घरदैलो कार्यक्रममा कांग्रेस नेता डा रिजाल, उम्मेदवार पौडेल, कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसीलगायत नेता तथा कार्यकर्ता सहभागी थिए। रासस

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, कात्तिक २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्