Kathmandu Press

गायक राईको ‘खुसीका मुहान’ सार्वजनिक

गायक राईको ‘खुसीका मुहान’ सार्वजनिक

काठमाडौं, असार १४ : लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।  

गीतमा शब्द राज मुकारुङको तथा सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । सहास शाक्यले सङ्गीत संयोजन गर्नुभएको हो। जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेकाहरुको कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापाको अभिनय हेर्न सकिन्छ। 

Hardik ivf

‘छुटेर गए खुसीको मुहान, जीवन भयो...’, ‘तिमीसँगै जीउने, मर्ने अधुरो भयो रहर’, ‘खुसी सजाउन पाएँ मुटुमा...’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । विशाल थापाले छायाङ्कन गरेको उक्त भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका  हुन्।  

उजन नेवा शाही उत्पादन व्यवस्थापक रहेको भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो।

प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्