Kathmandu Press

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं, कात्तिक २६ : बंगालदेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। 

उनी मंगलबार मध्य....

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं, कात्तिक २६ : बंगालदेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। 

उनी मंगलबार मध्याह्न विशेष उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी छन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले समकक्षी राष्ट्रपति हमिद र उनको प्रतिनिधिमण्डलको सम्मानमा बुधबार साँझ राजकीय भोज आयोजना गर्ने कार्यक्रम रहेको छ।

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

चार दिने नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखरा, काठमाडौंको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, कात्तिक २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्