अर्घौ–अर्चलेमा कविशिरोमणीको सम्झना
पोखरा, असार १४ : पोखरा महानगरपालिका– २७ अर्घौ अर्चलेमा सिर्जनशिल लोकतान्त्रिक प्रतिष्ठानको नियमित मासिक कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा महानगरपालिका– २७...
पोखरा, असार १४ : पोखरा महानगरपालिका– २७ अर्घौ अर्चलेमा सिर्जनशिल लोकतान्त्रिक प्रतिष्ठानको नियमित मासिक कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा महानगरपालिका– २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले कविशिरोमणीको सम्झनामा रचना वाचन गरे ।
रचना वाचनकाक्रममा गुरुङले लेखनाथको जन्मस्थललाइ थप बिकसित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष योगराज पौडेलको सभापतित्वमा सम्पन्न उक्त साहित्यिक कार्यक्रममा उपाध्यक्ष सुलोचना खनालले सहभागिलाई स्वागत गरेकी थिइन्।
कार्यक्रममा सर्जकहरु बिष्णु शर्मा, बोधराज गौतम, इन्दु शर्मा पौडेल, हरिराज पौडेल, लोकचन्द्र खनाल, प्रकाश आचार्य, बसन्त पराजुली, सुरज पौडेल, आनन्दमणी अधिकारी, डा लक्ष्मी शरण अधिकारी, डा जगन्नाथ रेग्मी, डा भोला नारायण रेग्मी, माधव खतिवडा, अभिषेक ओझा, सडक कवि, श्रीराम अधिकारी गोेर्जे, सञ्जीव पौडेल, शिव त्रिपाठी, तारानाथ पराजुली, लक्ष्मण थापा, भुमिराज बस्ताकोटी र हिममाया पौडेलले रचना वाचन गरेका थिए।
कार्यक्रममा बोल्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले लेखनाथ जन्मस्थल संरक्षण र साहित्यिक अनुसन्धान केन्द्र स्थापनामा भएका पहलहरु बारे जानकारी दिए । ढकालले गीत र कवितासमेत प्रस्तुत गरेका थिए ।
संस्थाका सचिव टिकाराम आचार्यले संंचालन गरेको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष दिपेन्द्र पराजुलीले वाचन गरिएका रचनाहरूको समिक्षा एवं विवेचना गरिएको संस्थाका कार्यसमिति सदस्य मदनप्रसाद बरालले जानकारी दिए।












