Kathmandu Press

लता मंगेशकर आईसीयूमा, स्वस्थ्य अवस्था गम्भीर

काठमाडौं, कात्तिक २६ : भारतमा स्वर साम्राज्ञीले पुकारिने ९० वर्षीया गायिका लता मंगेशकर बिरामी भएकी छन्। आईसीयूमा राखेर उपचार भइरहेको छ भने उनको स्वास्....

लता मंगेशकर आईसीयूमा, स्वस्थ्य अवस्था गम्भीर

काठमाडौं, कात्तिक २६ : भारतमा स्वर साम्राज्ञीले पुकारिने ९० वर्षीया गायिका लता मंगेशकर बिरामी भएकी छन्। आईसीयूमा राखेर उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ।

फोक्सोमा संक्रमण देखिएपछि उनलाई सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको हो। चिकित्सकले आईसीयूमा राखेर उपचार भइरहेको छ। स्वास फेर्न नसक्ने भएपछि आईसीयूमा राखिएको अस्पतालले जनाएको छ।

अस्पतालका ईन्टरनल मेडिसिन फिजिसन डा.प्रतीत समदानीका अनुसार, उनको बायाँ भेन्टिकुलरमा समस्या देखिएको छ। ‘बायाँ भेन्टिकुलरमा समस्या देखिएको छ। निमोनिया पनि भएको छ। स्वास्थ्य अवस्था गम्भीर छ,’ डा.समदानीले भने।

उनको उपचार भइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार, दुई दिनदेखि उनको स्वास्थ्यमा खासै सुधार आएको छैन।

लताकी बहिनी उषाले पनि पीटीआईसँग कुराकानी गर्दै उपचार भइरहेको बताएकी छन्। उनले भने लताको स्वास्थ्यमा सुधार आइरहेको बताएकी छन्।

प्रसिद्ध गायिका लताले थुप्रै गीत गाएकी छन्। उनले ३५ भाषामा गीत गाएकी छन्। उनले पहिलो गीत सन् १९४२ मा ‘माता एक सपूत की दुन‍िया बदल दे तू’ गाएकी थिइन्। उनले एक हजारभन्दा बढी फिल्ममा स्वर दिएकी छन्।

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, कात्तिक २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्