Kathmandu Press

‘दोख’को ट्रेलर रिलिज, असार २४ मा चलचित्र रिलिज हुने (ट्रेलरसहित) 

काठमाडौं, असार १३ : निर्देशक अनुप बरालको ‘दोख’ नामक चलचित्रको ट्रेलर रिलिज भएको छ । सोमबार (आज) एक कार्यक्रम गर्दै निर्माण पक्षले चलचित्रको...
‘दोख’को ट्रेलर रिलिज, असार २४ मा चलचित्र रिलिज हुने (ट्रेलरसहित) 

काठमाडौं, असार १३ : निर्देशक अनुप बरालको ‘दोख’ नामक चलचित्रको ट्रेलर रिलिज भएको छ । सोमबार (आज) एक कार्यक्रम गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ । 

करिब तीन मिनेट २५ सेकेन्डको ट्रेलरमा जनयुद्धको कालको त्रासदि, दुई गाउँबीचको अन्तरद्वन्द्ध र युद्धकालमा पलाएको प्रेम लगायतका कथावस्तुमा घेरिएको छ । 

Hardik ivf

चलचित्रमा दीया मास्के र मनिष निरौलाको प्रमुख भूमिका रहेको छ भने माओत्से गुरुङ, रोयदीप, सजन थापामगर आदिको पनि भूमिका रहेको छ । सशस्त्र द्वन्द्वकालको परिवेशमा बनेको यस चलचित्रका निर्माता सविन ज्ञवाली र मनोज अधिकारी हुन् ।

चलचित्र असार २४ बाट नेपालभर प्रदर्शनी हुने भएको छ ।

प्रकाशित मिति: १९:१४ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्