Kathmandu Press

सिसडोलमा थुपारिएको फोहर व्यवस्थापन गर्दै काठमाडाैं महानगर

काठमाडौं, कात्तिक २६ : काठमाडौं महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन गर्न सुरू गरेको छ।

लामो समयदेखि ....

सिसडोलमा थुपारिएको फोहर व्यवस्थापन गर्दै काठमाडाैं महानगर

काठमाडौं, कात्तिक २६ : काठमाडौं महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन गर्न सुरू गरेको छ।

लामो समयदेखि व्यवस्थापन हुननसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो। महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र सिसडोलमा फोहर राख्ने स्थान नहुँदा थुपारिएको फोहरलाई व्यवस्थापन गर्न लागिएको हो।

उक्त स्थानमा आगामी दिनमा फोहर नराख्ने गरी र जम्मा गरिएको फोहरले स्थानीय वासिन्दालाई असर नपर्ने गरी व्यवस्थापनको काम गर्न लागिएको हो।   बढीमा अबका चार महिनामा दीर्घकालीनरूपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडामा फोहर राख्न सकिने गरी काम भइरहेको छ। महानगरले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ।

दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए। सिसडोलमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ। उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ। काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।

शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम पनि अघि बढेको जनाएको छ। निर्माणका लागि मन्त्रालयले ३८ करोड बजेट छुट्याएको छ।

मन्त्रिपरिषद्को गत वर्षको मंसिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो। करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ। (रासस)

प्रकाशित मिति: ११:४० बजे, मंगलबार, कात्तिक २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्