Kathmandu Press

अनशनरत डा.केसीको जीवन रक्षा गर्न डा.आरजुको आग्रह

काठमाडौं, कात्तिक २६ : कांग्रेस नेतृ डा.आरजु राणा देउवाले डडेल्धुरामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गरेर जीवन रक्षा गर्न आग्रह गरेकी छ....

अनशनरत डा.केसीको जीवन रक्षा गर्न डा.आरजुको आग्रह

काठमाडौं, कात्तिक २६ : कांग्रेस नेतृ डा.आरजु राणा देउवाले डडेल्धुरामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गरेर जीवन रक्षा गर्न आग्रह गरेकी छन्। 

मंगलबार बिहान सामाजिक संजालमा पोष्ट गर्दै उनले डा.केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न सरकारसँग आग्रह गरेकी हुन्।

'मेडिकल शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा १७औं अनशन बस्नु भएका प्राध्यापक डा.गोविन्द केसीसँग सरकारले तत्काल वार्ता गरेर अनशन तोडाउन आवश्यक छ' उनले भनेकी छन्, 'आफ्नो जीवनभर कुनै व्यक्तिगत स्वार्थमा नअल्झी मेडिकल क्षेत्रको सुधारमा लाग्नुभएका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। सरकारले तत्काल डा.केसीसँग वार्ता गरेर उहाँको अनशन तोडाउन म विषेश आग्रह गर्न चाहन्छु।'

प्रकाशित मिति: ०७:२५ बजे, मंगलबार, कात्तिक २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्