Kathmandu Press

आमा बन्दै आलिया भट्ट

आमा बन्दै आलिया भट्ट

काठमाडाैं, असार १३ : बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले आफू आमा बन्न लागेको जानकारी दिएकी छन्।

उनले आज (साेमबार) इन्स्टाग्राममार्फत आफू गर्भवती रहेको जानकारी दिएकी हुन्। इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘हाम्रो बच्चा चाँडै आउँदैछ।’ 

तस्बिरमा आलिया अस्पतालको बेडमा गर्भजाँच गराइरहेको देख्न सकिन्छ। उनका पति रणवीर कपुर पनि आलियाको छेउमै देखिएका छन्।

फ्यानहरूले आमाबुवा बन्न लागेकोमा आलिया र रणवीरलाई बधाई दिइरहेका छन्। गत अप्रिल १४ मा उनीहरूबीच विवाह भएको थियो।

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्