नाटक ‘पचली भैरव’ को पुस्तक विमोचन
काठमाडौं, असार १२ : बज्र कला कुञ्जको प्रस्तुतीमा साँस्कृतिक नाटक ‘पचली भैरव’ पुस्तक विमोचन शनिबार कौसी थिएटरमा भएको छ । चन्द्र मुनिकारद्धारा लिखित नाटक...
काठमाडौं, असार १२ : बज्र कला कुञ्जको प्रस्तुतीमा साँस्कृतिक नाटक ‘पचली भैरव’ पुस्तक विमोचन शनिबार कौसी थिएटरमा भएको छ ।
चन्द्र मुनिकारद्धारा लिखित नाटक पचली भैरव कार्यक्रमको प्रमुख अतिथिको रुपमा काठमाडाैँ महानगरपालिकाकी उपमेयर म सुनिता डंगोलले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
राजा पलम्बर र नकर्मी समुदायकी रुकमणीको प्रेम कथामा आधारित यस नाटकको केही महिना अघि नाटक मञ्चनसमेत भएको थियो । नाटक भैरवहरूका प्रमुख पचली भैरव र एक आम मानिस जाति बीचमा स्थापित भएको प्रेम सम्बन्ध पछि उनीहरूले भोग्नु परेका आरोहअवरोह बारे सम्बन्धित छ।

पुस्तक विमोचन प्रमुख अतिथि उपमेयर डंगोल र विशिष्ट अतिथि यज्ञमानपति बज्राचार्यले गरेका थिए । विमोचन कार्यक्रममा साँस्कृतिक झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सुदनमणि मुनिकारले संयोजन गरेका थिए।












