Kathmandu Press

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू

काठमाडौं, कात्तिक २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

साेमबार बिहान सुरु भएकाे ....

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू

काठमाडौं, कात्तिक २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

साेमबार बिहान सुरु भएकाे सचिवालय बैठकमा पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने विषयमा छलफल हुने जनाएको छ। नेकपामा केही आयोग गठन गर्न बाँकी छन्। आजकाे बैठकले ति आयोगको नेतृत्व पनि टुङ्गो लगाउने जनाएको छ।

त्यस्तै, बैठकमा भारतले आफ्नो नक्सामा पुनः लिम्पियाधुरा, कालापानी र लिपुलेक पनि राखेपछि उत्पन्न विवादका विषयमा पनि छलफल हुने एक नेताले बताए।

यससँगै समसामियक राजनीतिक विषयमा छलफल हुने जनाएकाे छ। बैठकमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल,सदस्यहरु पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, रक्षामन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

पछिल्लाे समय मन्त्री फेरबदलकाे विषय पनि चर्चामा छ। आजकाे बैठकमा त्यस विषयमा पनि छलफल हुनसक्ने जनाएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे सचिवालयका सबैलाई राजीनामा दिन लगाएका छन्। त्यस्तै मन्त्रीहरुलाई पनि राजीनामा दिन लगाउने आंकलन गरिदै आएकाे छ।

प्रकाशित मिति: १०:२० बजे, सोमबार, कात्तिक २५, २०७६