प्रतिलिपि आधिकारसम्बन्धी ऐनको कार्यान्वयन गर्न माग
काठमाडाैं, असार ११ : प्रतिलिपि आधिकार ऐन, २०५९ को व्यवहारिक रूपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।नेपाल लेखक संघले आज आयोजना गरेको ‘प्रतिलिपि...
काठमाडाैं, असार ११ : प्रतिलिपि आधिकार ऐन, २०५९ को व्यवहारिक रूपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।
नेपाल लेखक संघले आज आयोजना गरेको ‘प्रतिलिपि अधिकार संरक्षण’ विषयक एक दिवसीय गोष्ठीमा लेखक, साहित्यकार र कलाकारहरूले प्रतिलिपि अधिकारको परिमार्जनसहित प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका हुन्।
प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार एक विधामा एउटा रोयल्टी सङ्कलन संस्था स्थापना गर्न सकिने र त्यसको दर्ता तथा अनुगमन नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले गर्ने व्यवस्था रहेको छ।
कवि तथा गीतकार सुरेश अधिकारीले प्रतिलिपि आधिकारसम्बन्धी कानुन समय अनुकूल परिमार्जन गर्दै त्यसको कार्यान्वयनका लागि राज्यले नै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
डा. तुलसी भट्टराईले निःशुल्कभन्दा पनि आगामी दिनमा पुस्तक खरिद गरेरमात्रै अध्ययन गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए।
कवि तथा समालोचक हरि अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय स्थापना भएको १८ वर्षमा हालसम्म कूल दुई हजार २२५ सर्जकले मात्र आफ्ना कृतिको प्रतिलिपि अधिकार सुरक्षित गर्न कृति दर्ता गराएको जानकारी दिए।
प्रतिलिपि अधिकारको हनन् भएको भनी अहिलेसम्म रजिष्ट्रारको कार्यालयमा ३१ मुद्दा परेको र तीमध्ये अधिकांशमा मिलापत्र भएको उनको भनाइ छ।








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)