सिलवालको बाको कोट विमोचन

काठमाडाैं, असार ११ : कवि राजन सिलवालको तेस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरियो।
साहित्यकारहरु देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन गरेका हुन्।
यसअघि सिलवालका दुई कृति ‘जीवनका इन्द्रेणी’ कविता सङ्ग्रह र ‘दुई हजार सोह्र पाइला’ मुक्तक सङ्ग्रह प्रकाशित भएका छन्।
शनिबार विमोचन गरिएको उक्त पुस्तकमा १०४ लघुकथा समावेश छन्। पुस्तकको समीक्षा गर्दै प्रा.डा. भरतकुमार भट्टराई र रामहरि गैरेले कृति पठनीय रहेको जानकारी दिए।
प्रकाशित मिति: १७:०१ बजे, शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)