रूप ज्योतीलाई थप पाँच दिन थुनामा राख्न अनुमति
काठमाडौं, कात्तिक २४ : भूतपूर्व अर्थ राज्यमन्त्री एवम् व्यापारिक घराना डा. रुप ज्योती र उनी छोरी सुरुचिलाइ काठमाडौं जिल्ला अदालतले थप ५ दिन ....
काठमाडौं, कात्तिक २४ : भूतपूर्व अर्थ राज्यमन्त्री एवम् व्यापारिक घराना डा. रुप ज्योती र उनी छोरी सुरुचिलाइ काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
ठगी आरोपमा पक्राउ परेका उनीहरुलाई यसअघि अदालतले तीन दिनको म्याद दिएको थियो । एउटा जग्गामा देखिएको विवादमा रुप ज्योति र उनकी छोरीलाई प्रहरीले चार दिनअघि पक्राउ गरेको थियो ।
ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एण्ड कम्पनीको लगानी रहेको ल्याण्डमार्क कम्पनीले तयार पारेको बाँसबारीस्थित हाउजिङ विवादका कारण ज्योति समूहका सदस्यहरुसहितलाई पक्राउ पुर्जी जारी गरिएपछि उनीहरू पक्राउ परेका थिए ।
ल्याण्डमार्क कम्पनीमा सेयर होल्डरमात्रै रहेका रुप ज्योति, सौरभ ज्योति, सहृद ज्योति, अभिक ज्योति, पद्म ज्योति, कमला कंशाकार, सुरुची ज्योतिलाई पक्राउ पुर्जी जारी गरिएको भए पनि रुप ज्योति र उनकी छोरी सुरुची सिंगापुरबाट आउने क्रममा विमानस्थलबाटै पक्राउ गरेर हिरासतमा राखिएको छ ।






