Kathmandu Press

ठगीको आरोप लागेका राज्यमन्त्रीद्वारा राजीनामा

धनगढी, कात्तिक २४ : ठगीको आरोप लागेका सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्।

राज्यमन....

ठगीको आरोप लागेका राज्यमन्त्रीद्वारा राजीनामा

धनगढी, कात्तिक २४ : ठगीको आरोप लागेका सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्।

राज्यमन्त्री रावलले आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाएका हुन्।

ठगी तथा कीर्ते गरेको आरोमाप उनीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा परेको थियो। करिब १६ करोड रुपैयाँ ठगी गरेको भन्दै उनीसहित जनज्योती एजुकेसन फाउन्डेसनका संचालकविरुद्ध मुद्दा परेको हो।

ठगीको मुद्दा परेसँग सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि उनीमाथि छानविन सुरू गरेको छ। विभागले केही दिन अघि उनको कार्यालयमा छापा हानेको थियो।

उनी कञ्चनपुर क्षेत्र नं. ३ ‘क’बाट सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, कात्तिक २४, २०७६