Kathmandu Press

पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन असार १५ र १६ गते काठमाडौँमा

काठमाडाैं, असार ११ : पुस्तकालय क्षेत्रका विद्यमान समस्या समाधानका लागि समीक्षा गर्न सार्वजनिक र सामुदायिक पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन यही असार १५ र...
पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन असार १५ र १६ गते काठमाडौँमा

काठमाडाैं, असार ११ : पुस्तकालय क्षेत्रका विद्यमान समस्या समाधानका लागि समीक्षा गर्न सार्वजनिक र सामुदायिक पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन यही असार १५ र १६ गते काठमाडौँमा हुने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रिड नेपाल र जापानी संस्था शान्ति भोलेन्टियर एशोसिएशनको सहकार्यमा हुने उक्त सम्मेलनमा पुस्तकालयबारे गरिएको तथ्याङ्कसहितको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिने  शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

Hardik ivf

मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले विश्वका विकासशील र विकसित धेरै मुलुकमा  सार्वजनिक पुस्तकालय सञ्चालनले सबै जाति, वर्ग, भाषी, लिङ्ग, धर्म र उमेर समूह तथा पेसा व्यावसायीलाई सेवाको ढोका खुल्ला राख्ने भएकाले यसको प्रयोग र विस्तार आवश्यक भएको बताए।

सूचना प्रविधिको विकाससँगै पठन संस्कृतिमा देखिएको कमीप्रति चिन्ता व्यक्त गर्दै रिड नेपालका अध्यक्ष भोला श्रेष्ठले सम्मेलनमा पुस्तकालयको विकास, विस्तार र प्रभावकारिताबारे छलफल गरिने जानकारी दिनुभयो। नेपालमा सन् १९९१ मा सोलुखुम्बुको जुनीबेँसीमा पहिलो सामुदायिक पुस्तकालय स्थापना भएको थियो।

नेपालमा औपचारिक रूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरी २०६५ सालदेखि हरेक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइएको छ।

तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सनदपत्र जारी गर्नुभएको थियो। हाल देशभर सामुदायिक र सार्वजनिक गरी करिब ५०० पुस्तकालय छन्। हालसम्म संस्थागत (कार्यालयगत) पुस्तकालयको आँकडा र पुस्तकालयको विधागत वर्गीकरण भने गरिएको छैन।

प्रकाशित मिति: १३:३१ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्